सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप


  •    न्युजभित्तो/४ श्रावण २०८३, सोमबार १३:५७ 
  • बागमती, ४ साउन । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरमा अवस्थित प्रसिद्ध भुवनेश्वर पशुपति मन्दिरमा आज  दर्शनार्थीको चाप देखिएको छ ।

    मन्दिरमा हरेक वर्ष साउन महिनामा विशेष गरी सोमबार हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको भुवनेश्वर पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष जगन्नाथ पाण्डेले जानकारी दिनुभयो ।

    मन्दिरमा आउने दर्शनार्थीको उचित व्यवस्थापनसँगै उनीहरूलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाबाट निःशुल्क पिउने पानी वितरणजस्ता कार्यहरू समेत भइरहेको उहाँले बताउनुभयो । 

    पशुपतिनाथ मन्दिरकै स्वरूपमा निर्माण गरिएको १० कट्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ । विसं २०४२ मा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथको जस्तै पूजाविधि तथा परम्परा रहेको मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिनुुभयो । 

    उहाँका अनुसार मन्दिरमा दर्शनार्थीलाई पशुपतिमा जस्तै भित्र मूर्तिसम्म नपुगी मूल प्रवेशद्वार बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।

    मन्दिरमा हरेक दिन नै भक्तजन आउने गरेको बताउँदै उहाँले साउनको सोमबार, शिवरात्रिलगायतका विशेष तिथि र पर्वमा भने एकै दिनमा २० हजारभन्दा बढी भक्तजनसम्म आउने गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार मन्दिर विशेष पर्वका दिनमा आवश्यकता अनुसार खुल्ने भए पनि मङ्सिर, पुस र माघ महिनामा बिहान ५ः०० बजेदेखि १० बजेसम्म खुल्ने तथा बेलुका ४ः०० बजेदेखि ६ः०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । यी तीन महिनाबाहेक अन्य महिनामा बिहान ४ः०० बजेदेखि १०ः०० बजेसम्म र बेलुका ५ः३० बजेदेखि ७ः०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।

    समितिका अध्यक्ष पाण्डेका अनुसार भौतिक पूर्वाधार विकासका माध्यमबाट टाढाटाढाबाट आउने दर्शनार्थाीलाई सहयोग पु¥याउने लक्ष्यका साथ मन्दिरमा आवासको व्यवस्थासमेत गरिएको छ । बस्न चाहने दर्शनार्थीका लागि शय्याको सरसफाइ प्रयोजनका लागि प्रतिव्यक्ति रु २०० लिने गरिएको उहाँले जानकारी दिनुुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुधबारदेखि वर्षा कम हुने
    पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    • साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    • भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.