सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार १२:१४ 
  • दशरथचन्द (बैतडी), ३१ असार । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । पछिल्लो समय यहाँ उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र मिर्गौलासम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ ।

    समयमै स्वास्थ्य परीक्षण नगर्नु र नियमित व्यायामको अभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोग परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ ।

    स्वास्थ्य कार्यालयले शिवनाथ गाउँपालिकाबाहेक जिल्लाका नौ स्थानीय तहका १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।  परीक्षणका क्रममा एक हजार ४१० जनामा उच्च रक्तचाप, ५२७ जनामा मधुमेह, ८२९ जनामा मोटोपन र ९७ जनामा मिर्गौलासम्बन्धी समस्या देखिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । 

    गम्भीर स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि ‘रिफर’ गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा पाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

    स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि अस्वस्थ जीवनशैलीका कारण यसको जोखिम निरन्तर बढिरहेको बताउनुभयो । उहाँका अनुसार अत्याधिक नुन, चिल्लो र चिनीको सेवन, प्रशोधित खाद्य पदार्थको प्रयोग, नियमित व्यायामको अभाव, धुमपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनले जोखिम बढाएको छ । 

    यस्तै, पर्याप्त निद्रा नहुनु, मानसिक तनाव र मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगको जोखिम पनि उत्तिकै बढाएको छ । 

    स्वास्थ्यकर्मीका अनुसार नसर्ने रोग समयमा नै पहिचान गरी उपचार नगरे हृदयाघात, पक्षघात र मिर्गौला फेल हुनेजस्ता गम्भीर समस्या आउन सक्छ । जिल्ला अस्पतालका प्रमुख डा अरविन्द जोशीले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित र पोषिलो आहार सेवन गर्न, दैनिक व्यायाम गर्न, धुमपान र मदिराबाट टाढा रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.