सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप


  •    न्युजभित्तो/२६ असार २०८३, शुक्रबार ११:३३ 
  • ढोरपाटन (बागलुङ), २६ असार । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुराविरुद्धको खोप लगापछि नियन्त्रणमा आएको हो । गत फागुन दोस्रो साता ढोरपाटन नगरपालिका ७, ८ र ९ मा सङ्क्रमण फैलिएको थियो ।

    यसका लागि जनस्वास्थ्य कार्यालयले पहिलो चरणमा ढोरपाटन र त्यसपछि आसपासका पालिकामा खोप अभियान चलाएको थियो । पहिलो चरणमा ढोरपाटनका छ हजार ७५ जनलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाका २६ हजार ३४७ बालबालिकामा खोप लगाइएको हो ।

    पाँच पालिकाका ३२ हजार बालबालिकालाई दादुराविरुद्धको खोप दिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । सङ्क्रमित बालबालिकाको समयमै उपचार, आइसोलेसन सेन्टर व्यवस्थापन गरेर काम गरेको हुँदा समयमै नियन्त्रणमा आएको उहाँको भनाइ छ । जिल्लाका अन्य पालिकाका बालबालिकालाई आगामी वर्ष खोप लगाउने योजना बनाएको प्रमुख शर्मा बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा हाम्रा लागि ठूलो चुनौती ढोरपाटनमा देखिएको दादुरा सङ्क्रमण नियन्त्रणमा लिनु थियो, ढोरपाटन नगरपालिका, विश्व स्वास्थ्य सङ्गठन र प्रदेश जनस्वास्थ्य कार्यालयको ठूलो प्रयासपछि अहिले नियन्त्रणमा आएको छ, हामी सफल भएका छौँ, हाम्रो कार्यालयको ठूलो उपलब्धि दादुरा नियन्त्रणमा ल्याउनु थियो ।”

    ढोरपाटनमा सङ्क्रमण स्वास्थ्यकर्मी घरघरमा पुगेर बालबालिकाको उपचार गरेका थिए । एक महिनासम्म फैलिएको सङ्क्रमणबाट ढोरपाटनका २४४ बालबालिका दादुरा सङ्क्रमित भएका थिए । दादुरा ढोरपाटनमा फैलिए पनि जिल्लाका अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षणसहितका बिरामी छिटफुट देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । खोप लगाइसकेका बालबालिकामा सङ्क्रमण भए पनि खतरा जोखिमपूर्ण नहुने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.