सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १६:५९ 
  • चितवन, २३ असार । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । 

    बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिनुभयो ।  

      संस्थाले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा बिमामार्फत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९।९७ प्राप्त गरिसकेको छ । गत आर्थिक वर्षमा रु चार लाख ४१ हजार पटक बिमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा दिएको छ । 

      अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ जिल्लाभन्दा बढी स्थानबाट बिरामी बिमामार्फत सेवा लिन आउने गर्छन् ।

    प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिमाका बिरामीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा सूची घटाउने गरी काम गरिरहेको बताउनुहुन्छ ।   भिडियो एक्सरेको एक हप्ताको सूची घटाएर प्रतीक्षा गर्न नपर्ने बनाइएको छ । सिटी मेसिनमा समस्या आएपछि मर्मत नभएसम्मका लागि निजी अस्पतालसँग सहकार्य गरेर बिमाको दररेटमा सेवा दिइएको उहाँले बताउनुभयो ।

    अनलाइनमार्फत टिकट काट्ने व्यवस्था पनि मिलाइएको छ । दैनिक झण्डै २०० हाराहारीले अनलाईनमार्फत टिकट काट्न थालेका छन् । यो सङ्ख्या ४०० हाराहारी पुग्ने अनुमान छ । अस्पतालले आठ वटाबाट नगद काउन्टर बढाएर १० पु¥याएको छ । 

    बगालेले भन्नुभयो, “अस्पतालमा आउने बिरामी प्रतीक्षा सूचीमा बस्न नपरोस् भनेर काम गरिरहेका छौँ ।” बोर्डले पछिल्लो समय जारी गरेको औषधि र सेवा शुल्क कतिपयमा खरिदभन्दा निकै कम हुँदासमेत सेवा दिइरहेको उहाँले बताउनुभयो ।

    बिमाको नयाँ शुल्कसँगै बहिरङ्ग सेवामा रु २५ हजारसम्मको सेवा लिँदा पहिलेको तुलनामा मूल्य घटेपछि अहिले निकै बढी औषधि र सेवा लिने अवसर बिरामीले पाएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठमेलमा बढे भारतीय पर्यटक
    कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री चौधरी
    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
    • आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
    • हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती
    • किसानलाई अनुदानमा कृषि उपकरण
    • गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.