सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार १६:३५ 
  • जलेश्वर (महोत्तरी), १ असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

    प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रुपमा पाँच जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

    जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारी काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ । उपचारका लागि अस्पतालमा पुग्नेमध्ये बढी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । 

    महोत्तरीमा विषरहित ढोरिया र हरहरा तथा विषालु सबैभन्दा बढी  करेत र गोमन सर्पहरु बढी पाइने गरेको छ । गत वैशाख महिना मात्रै २३ जना सर्पले डसेका बिरामी उपचारका लागि अस्पताल पुगेकामा जेठमा त्यो सङ्ख्या बढेर ५६ जना पुगेको छ ।

    महोत्तरीका १० वटै नगरपालिका र पाँच गाउँपालिकामा गर्मीयाममा सर्पको जोखिम रहेको छ । अस्पतालमा सीमापारी भारतको विभिन्न ठाउँठाउँबाट पनि बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएकोछ । अस्पताल प्रशासनका अनुसार सर्पले डसेको बिरामीलाई दिइने एन्टिभेनम (औषधि)पर्याप्त मात्रामा रहकाले उपचारमा समस्या भने रहेको छैन ।

    अस्पतालमा आइसियु कक्ष नरहेकाले विषालु सर्पले डसेर आउने उच्च जोखिमका बिरामीलाई थप उपचार गर्न अन्य अस्पतालबाट रेफर गर्नुपर्ने बाध्यता भने रहेको देखिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.