सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार १७:११ 
  • नुवाकोट, २४ जेठ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा आज यहाँ बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा चार सय छ जनाले सेवा लिएका छन् ।

    किस्पाङ–३, काहुले स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञहरूबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन, आँखासहितका विशेषज्ञबाट सेवा प्रदान गरिएको समाजले जनाएको छ ।

    शिविरमा एक सय ५२ जनाको भिडियो एक्सरे, ६६ जनाको ‘भिआइए’ जाँच र तीन जनाको प्रयोगशाला परीक्षण सेवा, इसिजी, माइनर ओटीका साथै मोतियाबिन्दुलगायत रोगको निःशुल्क उपचार गरिएको शिविरका संयोजक एवं समाजका सहसचिव विनोद न्यौपानेले जानकारी दिनुभयो । उपचारका साथै आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण गरिएको र थप उपचार गर्नुपर्नेका हकमा सम्बन्धित अस्पतालमा रिफर गरिएको उहाँले बताउनुभयो ।

    समाजका संस्थापक अध्यक्ष डा केदारनसिंह केसीले एक सय एक वर्षीय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । समाजका अध्यक्ष उदयबहादुर रानामगरले जिल्लाका लागि सामाजिक र विकासका काममा राष्ट्रसेवकहरूले सक्दो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    शिविरका लागि किस्पाङ गाउँपालिकाको स्वास्थ्य शाखा, त्रिशूली अस्पताल प्रमुख डा राजेन्द्र लामा, विभिन्न विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रशिक्षक डा अनिष दाहाललगायतले सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।

    त्यस अवसरमा किस्पाङ गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाश डिमडुङ, सस्थाका सचिव राजु प्याकुरेल, कोषाध्यक्ष कृष्णराज खतिवडा, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत सहभागी हुनुहुन्थ्यो ।

    शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रवीन पौडेल, भिडियो एक्सरे विज्ञ डा कैलाश विक, साधारण चिकित्सातर्फ डा अशोक मिजार, स्त्रीरोग विशेषज्ञ डा तुलजा श्रेष्ठलगायतले सेवा दिनुभएको थियो । कार्यक्रममा रु तीन लाखभन्दा बढीको निःशुःक औषधि वितरण गरिएको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.