सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व वातावरण दिवस: दिगो, जलवायु र वातावरणमैत्री विकास आवश्यक


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १६:१६ 
  • काठमाडौँ, २२ जेठ । जलवायु परिवर्तनको बढ्दो असरलाई मध्यनजर गर्दै विकासका सबै प्रयास दिगो र जलवायु–अनुकूल हुनुपर्नेमा जोड दिइएको छ । विश्व वातावरण दिवसका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । 

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले विकासका नयाँ अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । सरकारले सौर्य ऊर्जा तथा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत वातावरण संरक्षणमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै उहाँले विद्युतीय सवारीसाधनका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन लिइएको पहल सकारात्मक भएको उल्लेख गर्नुभयो । 

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले समृद्ध भविष्यका लागि जलवायु तथा प्रकृतिमैत्री विकास अपरिहार्य भएको बताउनुभयो । वातावरण र जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गरी विद्यार्थीलाई सचेत बनाउनुपर्ने तथा किसानलाई जलवायु परिवर्तनका प्रभाव र अनुकूलनका उपायबारे जानकारी दिन आवश्यक रहेको उहाँले बताउनुभयो । जलवायु सङ्कटसँग जुध्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको जोड थियो । 

    यसैगरी, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको वर्तमान अवस्थामा दिगो विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।  नेपालको संविधानको धारा ३० ले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयनमा सबैपक्ष गम्भीर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

    कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालका सहायक राष्ट्रिय निर्देशक विजय सिंहले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो वायुप्रदूषण विश्वव्यापी चुनौतीका रूपमा देखापरेको बताउनुभयो । उहाँले पेरिस सम्झौता तथा शून्य कार्बन उत्सर्जन रणनीतिलगायत अन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो । 

    पूर्वमन्त्री गणेश साहले जलवायु तथा वातावरण विज्ञानको क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र तथ्यमा आधारित नीतिमार्फत मात्र जलवायु सङ्कटको प्रभावकारी सामना गर्न सकिने उहाँको भनाइ थियो । 

    उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले वातावरण संरक्षण साझा दायित्व भएको उल्लेख गर्दै उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने अभियानलाई तीव्रता दिइएको जानकारी दिनुभयो । विभागले करिब ४०० उद्योगलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउँदै उहाँले यसबाट औद्योगिक प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा चिरञ्जीवी पोखरेलले जलवायु परिवर्तनका चुनौती सामना गर्न नीतिगत सुधार, हरित लगानी, स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरणीय शिक्षा तथा बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, निजी क्षेत्र र वातावरणविद्को सहभागिता थियो । जानकारहरूले प्रकृति संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउनसके मात्र समृद्ध र सुरक्षित भविष्य निर्माण सम्भव हुने धारणा राख्नुएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन्: राष्ट्रपति
    ‘ग्रिन पोखरा, क्लिन पोखरा’
    अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
    • त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
    • विश्व वातावरण दिवस: दिगो, जलवायु र वातावरणमैत्री विकास आवश्यक
    • बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
    • सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.