सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान


  •    न्युजभित्तो/२० जेष्ठ २०८३, बुधबार ११:३३ 
  • कास्की, २० जेठ । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ ।

    रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यस बीचमा रगत अभाव हुनसक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताउनुभयो ।

    “रक्त अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छौँ । सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला । यहाँ रगतको माग बढी हुने भएकाले नियमितजस्तो कार्यक्रम हुनुपर्दछ”, उहाँले भन्नुभयो ।

    पोखरा प्रदेश राजधानीसमेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.