सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित


  •    न्युजभित्तो/१४ जेष्ठ २०८३, बिहीबार १२:११ 
  • म्याग्दी, १४ जेठ । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

    ‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ । पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोगसम्बन्धी समस्या न्यूनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको कल्पका अध्यक्ष पूजा कोइरालाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । क्यान्सररोग विशेषज्ञ डा विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बविता शाहको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिनुभएको थियो ।

    दरवाङ आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा मालिकाको साथै मङ्गला र धवलागिरि गाउँपालिकाका महिलाले पनि सुविधा पाएका छन् । शिविरको संयोजन गर्नुभएकी मालिका गाउँपालिका–४ की शिला पुनले चेतना र शिक्षाको कमीका कारण रोग लुकाएर बसेका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले शिविर आयोजना गरेको बताउनुभयो ।

    बालविवाह र शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका किशोरी गर्भवती र सुत्केरी हुँदा स्त्रीरोगसम्बन्धी समस्या धेरै रहेको तर उनीहरू रोग लुकाएर बस्ने गरेका पुनले बताउनुभयो । स्वास्थ्य शिविरअघि जेठ १० गते मालिका गाउँपालिकाको सात वडाका २७ किशोरी र युवतीलाई पाठेघरको मुखको क्यान्सरको कारण, समाधानका उपाय र उपचार विधिका विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी किशोरीले जेठ ११ गते बस्तीहरूमा पुगेर सचेतनामूलक कार्यक्रम गरेका थिए ।

    तीस वर्षभन्दा कम उमेर समूहका नेपालका युवा महिलाले स्थापना गरेको कल्प संस्थाले सञ्चालन गरेको मातृत्व जोगाउने अभियानमार्फत हालसम्म २० हजार जनाभन्दा बढीले सेवा पाएका संस्थाले जनाएको छ । शिविर सञ्चालनका लागि मालिका गाउँपालिका र ‘जेके’ फाउन्डेसनले पनि सहयोग गरेका संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.