सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


  •    न्युजभित्तो/७ जेष्ठ २०८३, बिहीबार १३:३३ 
  • बाजुरा, ७ जेठ । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

    हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उहाँलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन कार्यालय बाजुराले जनाएको छ । 

    कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोल्टी आधारभूत अस्पतालमा गर्भवतीको अवस्था थप जटिल भएको पत्र आएपछि महिला, बालबालिका मन्त्रालयको समन्वयमा थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

    गर्भवतीको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लगातार छ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको र यौनीबाट लगातार पानी बगीरहेकाले रिफर गरिएको कोल्टी आधारभूत अस्पताल कोल्टीले जनाएको छ । 

    दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.