सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १२:०० 
  • भक्तपुर, ५ जेठ । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “तीन दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ः०० बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गर्नेछौँ, अन्तिम दिन विशेष कार्यक्रम आयोजना गरी चाँगु योग ज्योति सन्देश स्मारिक सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्नेछौँ ।”

    योग जिल्ला घोषणासँगै नगरपालिकाले प्रत्येक वडादेखि विद्यालयहरूमा योग शिक्षक उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्ने र टोलटोलमा योगलाई विस्तार गर्ने बताउनुभयो । नगरप्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायणका प्रत्येक वडामा योग प्रशिक्षणदेखि योग शिविरहरु सञ्चालन हुनेछ, नियमित योग, ध्यान र प्राणायामले शरीर, मन एवं चेतनालाई सन्तुलित राख्दै शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुस्थ राख्न सहयोग पुर्याउँछ भन्ने सन्देश जनजनमा पुर्याउनेछौँ ।”

    नगरपालिकाले वडाहरूमा नियमित योग शिविर सञ्चालन, विद्यालयहरूमा योग शिक्षा अनिवार्य गर्ने, स्थानीयस्तरमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने, योग पार्क एवं ध्यान केन्द्र स्थापना गर्ने, आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अभियानलाई सञ्चालन गर्ने योजना ल्याएको छ ।

    पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले ‘पहिलो सुख निरोगी काया’ भन्ने नाराका साथ नगरलाई योग नगर घोषणाले नगरवासीमा उत्साह थपेको बताउनुभयो । 

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेले चाँगुनारायण नगरपालिका देशकै पहिलो योग नगरपालिका घोषणा हुन लागेकाले यो अभियानलाई देशभरि लैजाने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.