सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार १७:०६ 
  • काठमाडौँ, ३१ वैशाख । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप दिइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप सप्ताह कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप प्रदान गर्न थालेको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

    “खोप सप्ताहमा नियमित खोप लगाउन बाँकी बालबालिकालाई खोजेर खोप दिँदैछौँ,” उहाँले भन्नुभयो, “अभिभावकलाई नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकलाई खोप लगाउन आग्रह गर्दछौँ ।” ‘खोज र खोप लगाऊ’अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने उहाँले जानकारी दिनुभयो ।

    शाखा प्रमुख डा गौतमका अनुसार नेपालमा अहिले ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप लगाएका छैनन् भने एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । 

    महिला सामुदायिक स्वास्थ्य स्वयसेविका परिचालन गरी छुट खोप भएका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्य भइरहेको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई ती खोप लगाउने गरिन्छ । 

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६ दशमलव पाँच प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा–रुवेलाको सङ्क्रमण देखापरेकाले मन्त्रालयले छुटेका बालबालिकालाई खोप दिन थालेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.