सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार १३:२१ 
  • तनहुँ, २५ वैशाख । यहाँका गुरुङ बस्तीमा यतिबेला परम्परागत घाँटुनाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ । लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँगाउँमा घाँटुनाचलाई चासो दिन थालिएका हुन् ।

    भानु नगरपालिका–१३ बास्पानी, बन्दीपुरको आरथुम्का, आँबुखैरेनी गाउँपालिकाको भोटेश्वारा, दमौली, पुलिमर्याङ, टुटेपानी, हिलेखर्कलगायत होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाँटुनाच सुरु भइरहेको छ । यसले गाउँमा सांस्कृतिक रौनकता थप्नुका साथै आन्तरिक पर्यटकको आगमनसमेत बढाएको स्थानीयवासी बताउँछन् । जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गलबहादुर गुरुङका अनुसार घाँटुनाचले गाउँको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को दिन्छ ।

    “घाँटु चल्दा पाहुनाको जमघट बढेको छ, यसले होमस्टेमा बसोबास गर्ने पर्यटकलाई जीवन्त संस्कृति अनुभव गर्ने अवसर दिएको छ”, उहाँले भन्नुभयो । पर्यटनविज्ञ हरिसिंह गुरुङ घाँटुजस्ता मौलिक संस्कृतिलाई ग्रामीण पर्यटनको मेरुदण्ड मान्नुहुन्छ । “पर्यटक स्थानीय मौलिकता हेर्न गाउँ पुग्छन् । घाँटुनाचलाई व्यवस्थित रूपमा संरक्षण र प्रदर्शन गर्नसके यसले ग्रामीण अर्थतन्त्र उकास्न ठूलो योगदान पुर्याउँछ”, उहाँको भनाइ छ ।

    पन्ध्रौँ शताब्दीतिर सुरु भएको मानिने घाँटुनाचमा रजस्वला नभएका कन्यालाई राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नचाइन्छ । तनहुँ, चितवन र गोरखा क्षेत्रमा बिजोर सङ्ख्यामा कन्यालाई ‘घाँटुनी’ बनाएर नचाउने परम्परा छ ।

    अभियान्ता रञ्जित गुरुङका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । ‘सति’ र ‘बाह्रमासे’ दुई प्रकारमध्ये सतिघाँटु पञ्चमीका दिन पूजा गरी चण्डीथानजस्ता पवित्र स्थानमा सेलाएर यस वर्षका लागि समापन गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.