सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार १२:१६ 
  • इलाम, २५ वैशाख । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

    जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ ।

    यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो । पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १७४ निवेदन सङ्कलन गरिएको थियो । भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुमवासीतर्फ ८५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९१० निवेदन परेका थिए । तीमध्ये एक हजार ९२६ निवेदन प्रमाणीकरण प्रक्रियामा  छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.