सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार ११:१२ 
  • काठमाडौँ, २५ वैशाख । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।

    यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ ।

    साथै, मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाको स्मरणका साथ निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकतामा रहेका सबैसम्म पुगोस् भन्ने आह्वानसमेत गरिएको छ ।

    प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो । सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।

    मे ८ लाई अन्तरराष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएको अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ ।

    रेडक्रस तथा रेड क्रिसेन्टले विपद्, युद्ध, महामारी तथा मानवीय सङ्कटका समयमा लाखौँ स्वयंसेवकले सेवा प्रदान गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.