सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिसाली मेलामा रमाउँदै यासोक


  •    न्युजभित्तो/२४ बैशाख २०८३, बिहीबार १७:२८ 
  • पाँचथर, २४ वैशाख । यहाँको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरु साना ठूला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धाननाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् । 

    पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बुधबारदेखि त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्दछ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो । 

    त्रिसाली पूजा तथा मेलामा विशेषतः यहाँका दुई वटा माङहिम (पवित्रस्थल) कुम्मायक र कुस्सायकमा पूजा अर्चना गरिन्छ । बुधबार त्रिसाली पूजाको मुख्य दिन यहाँ देश विदेशबाट आएका हजारौँ भक्तजनले पूजा अर्चना गरे । यहाँ सबै समुदायका मानिसले पूजा गर्ने गर्छन् । लिम्बू समुदायले आस्था गर्ने युमा माङले अन्तिम पटक कुम्मायकमा साक्षात दर्शन दिएको जनविश्वास रहेको स्थानीय लालबहादुर सम्बाहाम्फे बताउनुहुन्छ ।

    कुम्मायक, कुस्सायक क्षेत्र विकास संस्थाका सचिव सम्बाहाम्फेका अनुसार त्रिसाली मेलालाई ‘तङसुम तङनाम’ समेत भन्ने गरिन्छ । लिम्बू भाषामा तङ भनेको वर्ष र सुम भनेको तीन भन्ने हुन्छ । नवौँ शताब्दीका राजा उवाहाङले इलामको चेम्फोजोङमा राजधानी बनाइ राज्य विस्तार गरेको किम्बदन्ती छ । राजा उवाहाङले यहाँ युमा माङसँग शक्ति मागेको र राज्य विस्तार गर्न सफल भएपछि पुनः फर्केर आइ परेवा उडाएर उत्सव मनाएको जनश्रुति छ । यसैका आधारमा यहाँ मेला लाग्न थालेको र उवाहाङकै छोरा माबोहाङले अन्तिम पटक युमा माङको दर्शन पाएको पनि जनश्रुति छ । 

    सो मेला भोलि शुक्रबारसम्म चल्नेछ । यस वर्षको मेलामा नेपालका विभिन्न जिल्लासहित भारत, म्यानमार, भुटान, बेलायतलगायत देशबाट मेला भर्न आएको मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । 

    कुम्मायक गाउँपालिका स्थापना हुनुपूर्व यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका भद्रभलाद्मी ९तुम्याहाङ० भेला भइ मूल आयोजक समिति र पूजाको साइत जुराउने चलन थियो । गाउँपालिका स्थापनापछि भने गाउँपालिकाले पूजा तथा मेला सञ्चालनका लागि सहजीकरण गर्दै आएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.