सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर


  •    न्युजभित्तो/२४ बैशाख २०८३, बिहीबार ११:४८ 
  • कञ्चनपुर, २४ वैशाख । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो ।

    यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन् । पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ । यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पु¥याउँदै आएको छ ।

    पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ । घट्ट धामी परिवारले चलाउदै आएका छन । कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आएका छन् । “घट्ट सञ्चालन गरेवाफत प्राप्त हुने पिठोले करिब चार महिना पुग्छ, बाँकी समय पाखो जमिनको उत्पादनले धानिन्छ”, उहाँले भन्नुभयो ।

    एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भई आएको यो परिवार हाल धारापानी खोला नजिकैको जग्गा खरिद गरी बस्दै आएको छ । यसका अतिरिक्त धामी परिवारले सानो किराना र चियाको पसल पनि राखेका छन । त्यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

    “पहिले धारापानी घुम्न आउने आन्तरिक पर्यटको निकै चहलपहल हुन्थ्यो कमाइ पनि ठिकै थियो”, उहाँले भन्नुभयो, “सडक असुविधका कारण हाल थोरै मात्रै पर्यटक आउदा आम्दानी पनि थोरै हुने गरेको छ ।” घरका युवाहरु भने कामकै खोजीमा भारततर्फ लागेको उहाँ बताउनुहुन्छ ।

    स्थानीय जयलाल धामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुन्छ, जसका कारण दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ । विसं २०४० देखि उहाँको परिवार यही क्षेत्रमा बस्दै आएको छ । “गहुँ मकैलगायतका अन्न पिस्नका लागि एक मात्रै साधन घट्टनै रहेको छ”, उहाँले भन्नुभयो, “ कुटानीपिसानी गर्ने मिलसम्म पुग्न झण्डै तीन किलोमिटर वन क्षेत्र छिचोल्नु पर्ने हुन्छ, सडक भरपर्दो नहुँदा पैदलनै हिँड्नुपर्ने भएकाले घट्टनै एकमात्रै कुटानी पिसानीको साधनका रुपमा रहेको छ ।” गाउँका युवाहरु सबै भारततर्फ कमाउनका गएकाले गाउँमा बूढापाकाहरु मात्रै भएकाले पनि घट्टमै भरपर्नुपरेको उहाँले सुनाउनुभयो ।

    उहाँका अनुसार, कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन् । पिसानीको सट्टा आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलनले सञ्चालकको जीविका धानिएको छ । चारैतिर जङ्गल र नदीले घेरिएको धारापानीमा हाल १४ परिवार बसोबास गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.