सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाँदबारी–किमाथाङ्का सडक: ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न


  •    न्युजभित्तो/२४ बैशाख २०८३, बिहीबार ११:२४ 
  • किमाथाङ्का (सङ्खुवासभा), २४ वैशाख । बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडकखण्ड (१६२ किमी मध्ये १०. ८ किमी) मा ‘ट्रयाक ओपन’ सहित आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ । भौगोलिक रूपमा अति विकट र काम गर्न कठिन सो काम नेपाली सेनाले पूरा गरेको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक मध्ये १०.८ किमीमा ट्रयाक ओपन र आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको खाँदबारी–किमाथाङ्का सडक आयोजनाका प्रमुख शमशेर सिंहले जानकारी दिनुभयो ।

    खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको हो ।

    सेनाले यस वर्ष दुई किमी २१ दशमलव सडकखण्डको ट्रयाक खाल्ने काम गरेको छ । भने उक्त सडकखण्डको चार किलोमिटर ३१ दशमलव सडकको स्तरउन्नती गरेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिनुभयो ।

    उक्त सडक निर्माणको काम सम्पन्न गरेसँगै सेनाले उत्तर दक्षिण कोशी सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ ।

    किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत २०८१ माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डमा गत वर्षसम्म छ किलोमिटर छ दशमलव सडक स्तरोन्नति गरिसकेको थियो । खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको थियो । यो वर्ष सेनाले ‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा खसेको पहिरोसमेत सेनाले हटाएको छ ।

    किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।
    सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको थियो । किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.