सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागूऔषधसहित १५ जना पक्राउ


  •    न्युजभित्तो/२३ बैशाख २०८३, बुधबार १५:५३ 
  • काठमाडौँ, २३ वैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन् ।

    उनीहरुका साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागूऔषध नोर्फिन, फेनारगन, स्पास्पेन, ट्रामाडोल, आइपिपिएल र डाइजेपाम तथा लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ ।

    ठगीको अभियोगमा पाँच पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

    बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    उनीहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै सर्वसाधारणसँग ५० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

    फरार प्रतिवादी पक्राउ

    चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् ।

    जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    क्यासिनोबाट १९ पक्राउ

    रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै÷खेलाउँदै गरेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद रु ९५ हजार ५००, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थानसमेत बरामद गरेको छ ।

    जुवातास खेलिरहेका १० पक्राउ

    पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित पक्राउ गरेको हो ।

    मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा बा प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कीर्तिपुर नगरपालिका–४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धाँमीको मृत्यु भएको छ ।

    यस्तै कास्कीको पोखरा महानगरपालिका–१६ पश्चिमाञ्चल क्याम्पस नजिक सडकमा ग १७ प ८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा नुवाकोट घर भएका ३४ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।

    सप्तरीको सप्तकोशी नगरपालिका–१ गोल्चोकस्थित सडकमा बा ५८ प २०२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ पाटनटोल बस्ने ७४ वर्षीय मिश्रीलाल खङको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.