सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने


  •    न्युजभित्तो/२२ बैशाख २०८३, मंगलवार ११:४७ 
  • काठमाडौँ, २२ वैशाख । पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ ।

    विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो ।

    विभागले देशका विभिन्न स्थानमा बिनाअनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो । सूचना अधिकारी गौतमले इजाजत नलिई यस्ता खेल सञ्चालन नगर्न र सञ्चालनमा रहेकालाई ३० दिनभित्र अनुमति लिन आग्रह गर्नुभयो ।

    पर्यटन ऐन, २०३५ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक पर्यटनसँग सम्बन्धित संस्था वा कम्पनीले विभागबाट अनिवार्य रूपमा इजाजत लिनुपर्ने प्रावधान छ । हाल मुलुकका विभिन्न ठाउँमा अनुमति नलिई र सुरक्षा मापदण्डको समेत पालना नगरी यस्ता गतिविधि सञ्चालन भइरहेको गुनासो आएपछि विभागले उक्त सूचना जारी गरेको हो ।

    “सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा मापदण्डको पूर्ण पालना गरेर मात्र यस्ता खेल सञ्चालन गर्नुपर्छ, सुरक्षा मापदण्डको विश्लेषण नै नगरी आफूखुसी इजाजतबिना खेल गतिविधि सञ्चालन गर्नु कानुनविपरीत कार्य हो”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.