सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव


  •    न्युजभित्तो/२१ बैशाख २०८३, सोमबार १४:५९ 
  • गण्डकी, २१ वैशाख । सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।

    दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू बढिरहेको उहाँले जानकारी दिनुुभयो ।

    “सामान्यतः दुईदिने बिदाका कारण आन्तरिक पर्यटकहरू दुई दिन पोखरामा बिताएर फर्कने गरेका छन्”, उहाँले भन्नुुभयो, “यसले समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पु¥याएको छ ।”

    पोखरा आउने पर्यटकहरू पोखराको फेवातालसहित लेखनाथ क्षेत्रका तालहरूमा घुमफिर, जलविहार गर्नाका साथै साहसिक पर्यटनका गतविधिहरू प्याराग्लाइडिङ, बञ्जीजम्प, जिपलाइन आदिमा रमाउने गरेका छन् ।

    पोखरामा रहेका धार्मिक पर्यटकीय तीर्थस्थलहरू विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर महादेव गुफा, विश्व शान्ति स्तूप आदिमा पुग्ने गरेका छन् भने अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्ने गरेका छन् ।

    आन्तरिक पर्यटन बढाउनका लागि सङ्घले यसअघि पटकपटक दुईदिने बिदाको विषय समेत उठाएको बताउँदै उहाँले यसले पोखराको मात्र नभई समग्र देशको पर्यटनमा टेवा पुगेको धारणा राख्नुुभयो ।

    पोखराको पर्यटनमा विशेषगरी फागुन, चैत र वैशाख तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिएको छ । वर्तमानमा होटेलहरूको क्षमताको करिब ६० प्रतिशत भरिभराउ भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुुभयो ।

    पोखराको समग्र पर्यटनमा भएको आठ खर्ब लगानीमध्ये छ खर्ब लगानी यहाँका होटेलमा रहेको उहाँले जानकारी दिनुुभयो । उहाँका अनुसार करिब एक हजार २०० को सङ्ख्यामा होटेलहरू रहेको पोखराले दिनमा ४० हजार जनासम्म पर्यटक राख्न सक्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.