सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क


  •    न्युजभित्तो/२१ बैशाख २०८३, सोमबार ११:१२ 
  • काठमाडौँ, २१ वैशाख । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ । 

    सोसाइटीले अध्यक्षरसभापतिरमहामन्त्रीरमहासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरुको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो । यसअन्तर्गत महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाले नेतृत्वदायी पदहरूमा उम्मेदवारी दिन प्रोत्साहन गर्दै उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरेको छ । 

    सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत रहने सुनिश्चित गरेको छ भने सोसाइटीको केन्द्रीयस्तरमा युवा रेडक्रस आयोग, प्रदेशस्तरमा प्रदेश युवा रेडक्रस समिति, जिल्लास्तरमा जिल्ला युवा रेडक्रस समिति र पालिकास्तरमा पालिका युवा रेडक्रस समिति रहने व्यवस्था रहेको छ । 

    विधानअनुसार २१ जनाको समिति रहने सोसाइटीको केन्द्रीय समितिमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य रहने व्यवस्था गरिएको छ ।

    पन्ध्र जनाको समिति रहने प्रदेश समितिमा महिला उपाध्यक्ष एक जनासहित सदस्य तीन जनामहिला र युवा समितिबाट महिला एकसहित दुई जनाको सहभागिता रहने व्यवस्था छ ।

    सोसाइटीको जिल्ला शाखामा पनि १५ जनाको समिति रहने छ । यसमा एक जना महिला उपसभापति र तीन जना सदस्य महिला हुनुपर्ने व्यवस्था छ भने जिल्लास्तरीय युवा समितिले आफूमध्येबाट छनोट गरेका एक जना महिलासहित दुई जनाको सहभागिता रहने छ ।

    सोसाइटीको पालिका शाखामा १५ जनाको समिति रहने व्यवस्थाअनुसार महिला उपाध्यक्ष एक जना र सदस्यमा तीन जना महिला रहने व्यवस्था गरिएको छ । 

    यस्तै, पालिका युवा समितिबाट कम्तीमा एक जना महिलासहित दुई जनाको सहभागिता रहने विधानमा व्यवस्था गरिएको छ । नौ जनाको कार्यसमिति रहने उपशाखा तहमा उपसभापति र कोषाध्यक्षमा महिला एक÷एक जना अनिवार्य गरिएको छ भने सदस्यमा दुई जना महिला रहने व्यवस्था गरिएको छ ।

    सबै तहमा हुने खुल्ला सदस्यमा पनि युवा तथा महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसीले पनि नेपाल रेडक्रस सोसाइटीमा महिला र युवाको नेतृत्वदायी भूमिका रहनुपर्नेमा जोड दिँदै आएको छ । 

    सोसाइटीले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिहरूको निर्वाचन प्रक्रिया अघि बढाएको छ । जसअन्तर्गत २०८३ वैशाख २६ देखि जेठ ४ गतेसम्म सबै पालिका शाखा समितिहरूको, जेठ १५ गते जिल्ला शाखा समितिहरूको, असार २ गते सातै प्रदेश समितिहरू र प्रत्येक प्रदेशसभाको अधिवेशनमा भाग लिन आएका पालिका प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सभाको महाधिवेशनका लागि तोकिएअनुसारका प्रतिनिधिहरूका साथै असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन कार्य तालिका तय गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.