सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह


  •    न्युजभित्तो/२० बैशाख २०८३, आईतवार १६:०७ 
  • काठमाडौँ, २० वैशाख । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

    मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो ।

    “वास्तविक भूमिहीन नागरिकको ‘डिजिटल’लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ । नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायत आधारभूत सुविधा उपलब्ध गराइनेछ”, सहरी विकास मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

    वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका सेवा सुविधा उपयोग गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनःस्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयल स्पष्ट पारेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.