सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै


  •    न्युजभित्तो/२० बैशाख २०८३, आईतवार १३:१५ 
  • काठमाडौँ, २० वैशाख । काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।

    सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको  काठमाडाँैका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।

    “कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ”, उहाँले रासससँग भन्नुभयो ।

    धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमति नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ । उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब दुई हजार तीन सय बढी घरटहरा हटाइएको छ ।

    काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५÷२०, बालाजुमा तीन र तिलगङ्गामा ८९ संरचना आज हटाइँदै छ ।

     प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमवासी बस्ती हटाउने क्रम सुरु भएको हो । शनिबार काठमाडौँको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।

    अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरुलाई व्यवस्थापन पनि गरिएको छ । 

    बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न थालेको छ । सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.