सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित


  •    न्युजभित्तो/२० बैशाख २०८३, आईतवार १२:३१ 
  • पर्वत, २० वैशाख । पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ । 

    गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ६ तिलाहारस्थित पहरेमा चिस्यान केन्द्र निर्माण गरिएको हो । निर्माण भएको करिब एक वर्षको यान्त्रिक परीक्षणपछि आइतबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषिउपज भण्डारण गर्न थालेको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो । 

    उपभोक्ता समितिमार्फत रु ३३ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । तीस मेट्रिकटन क्षमता रहेको चिस्यान चालु आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म निःशुल्क रुपमा भण्डारण गर्ने सुविधा दिइएको मोदी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रका कृषकलाई कृषिउपज सङ्कलन तथा भण्डारणका लागि पहिलो प्राथमिकता दिइने भएको छ भने क्षमता र आवश्यकताका आधारमा अन्य क्षेत्रका कृषकलेसमेत उपभोग गर्न पाउने भएका छन् । 

    कृषिउपज भण्डारणका लागि आवश्यक कागजातअन्तर्गत व्यक्तिगत किसानले निवेदन र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ भने संस्था वा समूहले दर्ता प्रमाणपत्र, निर्णय र निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिनुभयो । 

    कुनै पनि कृषिउपज भण्डारण गर्नुअघि राम्रोसँग सुकाइएको, रोगकिरा नलागेको, काटिएको वा नसडेको मात्र भण्डारण गर्न आग्रह गरिएको छ । यतिबेला आलुको सिजन भएकाले आलुलाई साइजअनुसार छुट्याएर जालीदार बोरा वा जुटको बोरा प्रयोग गरी प्याकिङ गरेर भण्डारण गर्न कृषकलाई आग्रह गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै कृषिउपजका लागि प्लास्टिकका बोरा प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ ।

    कृषकले बजार पु¥याउनुअघि वा बेमौसममा बिक्रीका लागि तथा बीउका लागि प्रयोग गर्ने कृषिजन्य वस्तु चिस्यान केन्द्रमा भण्डारण गरेर लाभ लिनसक्ने गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताउनुभयो । 

    यसअघि यस क्षेत्रका कृषकले आलु, विभिन्न प्रजातिका फलफूललगायत अन्य कृषिजन्यउपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हटेर गएको उपाध्यक्ष लामिछानेले बताउनुभयो । 

    साथै जलजला गाउँपालिकाले झण्डै रु एक करोडको लागतमा वडा नं ८ खनियाँघाटमा चिस्यान केन्द्र निर्माण गरेको छ । परीक्षणका क्रममा रहेको र केही महिनाभित्र सञ्चालनको तयारी भइरहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । 

    यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिकाले उपभोक्ता समिति वा कृषि समूहमार्फत चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीस्वरुप सूचना प्रकाशित गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.