सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार १३:४१ 
  • काभ्रेपलाञ्चोक, १७ वैशाख । बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ । यसका लागि बालअधिकार संरक्षण र बालश्रम उन्मुलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरिसकेको छ । 

    नगरभित्र सञ्चालित विभिन्न उद्योगमा बालश्रमको अवस्था बुझ्न नगरपालिकाले प्रारम्भिक चरणको अभियान सञ्चालन गरी उद्योगमा कार्यरत बालबालिकालाई उद्धारसमेत गरेको हो । 

    नगरका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, सुरक्षा निकाय, बालअधिकार संरक्षण समिति, बालक्लब एवं बालसञ्जाल, सञ्चारकर्मी तथा सरोकारवाला निकायको संयुक्त टोलीले पहिलो चरणमा वडा नं १ र ४ अन्तर्गत रहेका इँटा उद्योग, सिसा उद्योग, चप्पल कारखाना, बिस्कुट उद्योग, प्लास्टिक तथा ट्याङ्की उद्योगमा स्थलगत अनुगमन गरेको छ ।

    अनुगमनका क्रममा बालश्रम नदेखिएका उद्योगलाई ‘बालश्रममुक्त उद्योग’को पहिचान–स्टिकर टाँस गरिएको नगर उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बालश्रम भेटिएका उद्योगलाई तत्काल सचेत गराइएको छ । यस्तै, १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको पाइएमा अभिभावकको जिम्मामा घर फर्काउने र पुनःदोहोरिएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको नागरपालिकाका उपप्रमुख दाहालले बताउनुभयो ।

    अनुगमनका क्रममा वडा नं १ मा सञ्चालित केही सिसा उद्योग तथा चप्पल कारखानामा भने बालश्रम प्रयोग भएको पाइएपछि सम्बन्धित उद्योग सञ्चालकलाई तत्काल सचेत गराउँदै बालबालिकालाई अभिभावकको जिम्मामा पठाइएको छ । उद्योग सञ्चालकलाई भविष्यमा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धतासमेत गराइएको उपप्रमुख दाहालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार १ नं वडामा सञ्चालित इँटा उद्योग, वाइन उद्योग, बिस्कुट तथा स्टिल उद्योगमा भने बालश्रम नदेखिएपछि स्टिकर टाँसेर बालश्रममुक्त उद्योग घोषणा गरिएको छ । 

    बालबालिकालाई श्रममा लगाउनु कानुनविपरीत भएकाले उनीहरुको भविष्यसँग खेलबाड नगरी उद्योगलाई जिम्मेवार बनाउन र सचेतना फैलाउन यो अभियान सञ्चालन गरिएको दाहालको भनाइ छ । अभियानलाई निरन्तरता दिइने जनाइएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.