सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार ११:४५ 
  • टीकापुर (कैलाली), १७ वैशाख । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघि मङ्गलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद सुरु गरिएको थियो । 

    सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईंले जानकारी दिनुभयो । 

    “सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ९४५ रहेको छ । खाद्यकम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल रु चार हजार २५० मा गहुँ खरिद गर्न लागेको छ”, उहाँले भन्नुभयो, “बढी मूल्य पाएपछि किसान खुसी भएका छन् ।”

    यसरी समर्थन मूल्यभन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएकामा किसान खुसी भएका छन् । गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुग्नुभएका योगेन्द्र साउँदले अन्य ठाउँकोभन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएको बताउनुभयो । 

    “केही किसानले सस्तोमा यसअघि नै गहुँ बेचिसकेका छन्”, उहाँले भन्नुभयो, “हामीले भने राम्रो मूल्य पायौँ ।”

    जोशीपुर गाउँपालिका–६ महादेवाका क्रिमलाल डङ्गौरा पनि खाद्यमा गहुँ बेच्न पाउँदा खुसी हुनुहुन्छ । “तोकेकोभन्दा बढी मूल्य पाइयो”, उहाँ भन्नुहुन्छ, “सरकारले समयमै मूल्य तोक्ने र खरिद कार्य पनि समयमै गर्नुपर्छ ।”

    गाउँका केही किसानले गहुँ बिक्री गरिसकेकाले आउँदा दिनमा समयमै खरिद कार्य सुरु गर्न सुझाव दिन्छन् । अर्का किसान रमेश चौधरी खेतको उत्पादनले नै बालबालिकालाई कापीकिताब जोहो गर्नुपर्ने भएकाले खेतबाटै गहुँ बिक्री गरिसकेको बताउनुहुन्छ । यहाँका किसान खेतबारीको उत्पादन बेचेर घरखर्च, बर्खे खेतीका लागि बीउ र मल जोहो गर्दछन् । सरकारले आउँदा दिनमा हरेक कार्य किसानलाई राहत हुनेगरी गर्नुपर्ने उहाँको भनाइ छ । 

    खाद्य कम्पनीको कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्य कम्पनीको छ । यसका साथै यस क्षेत्रका बिज वृद्धिको काम गर्ने सहकारीले समर्थन मूल्यभन्दा बढीमा किसानको गहुँ खरिद गर्ने गरेका छन् । तोकेकोभन्दा बढी मूल्य पाउँदा किसानलाई कृषिकर्म गर्न हौसला मिलेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.