सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न


  •    न्युजभित्तो/१६ बैशाख २०८३, बुधबार १७:०४ 
  • पर्वत, १६ वैशाख । जिल्लाको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न भएको छ ।

    महाशिला गाउँपालिका–५ लुङ्खुुदेखि पैयूँ गाउँपालिकाको हुवासस्थित हातेमालो चोकसम्म करिब १५ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षपछि कालोपत्र भएको हो । कालोपत्रे भएसँगै वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयवासीलाई सुविधा पुगेको छ ।

    ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत स्तरोन्नति तथा कालोपत्रे गर्ने योजनाअनुसार निर्माण सुरु भएको थियो । सो सडकका लागि कूल ३६ करोड ९६ लाख ९३ हजार ६८५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले लिएको थियो ।

    महाशिला, पैंयू विहादी गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम कुश्मासँग जोड्ने यो मुख्य सडक हो । अब सडक कालोपत्रे भएसँगै यात्रा समय छोटिएको छ भने सवारी सञ्चालन सहज बनेको स्थानीय महेन्द्र श्रेष्ठले बताउनुभयो ।

    सडक कालोपत्र भएसँगै कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । दक्षिणी क्षेत्रका कृषकले उत्पादन गर्ने सुन्तला, तरकारी, फलफूल, आलु तथा दुग्धजन्य वस्तु अब कम खर्च र छोटो समयमा बजारसम्म पु(याउन सक्ने महाशिला गाउँपालिकाका कृषक सरस्वती अधिकारीले बताउनुभयो ।

    पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले हुवास–लुङ्खु सडक कालोपत्रे सम्पन्न भएसँगै दक्षिणी पर्वतको समग्र विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.