सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही


  •    न्युजभित्तो/१६ बैशाख २०८३, बुधबार १७:०२ 
  • काठमाडौँ, १६ वैशाख । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ । विभागका शाखा अधिकृत प्रकाश पोखरेलले आज सूचना जारी गरी सगरमाथा आधार शिविरका ‘एक्सपीडिसन क्याम्प’मा रातभर बस्ने गरी ‘प्याकेज’सहित विज्ञापन गरेको गुनासो प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

    विभागले पर्वतारोहणसम्बन्धी नियामावली २०५९को दफा ९(ड)मा सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाअन्तर्गत पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइँमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक विभागको पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिवरमा राख नदिने व्यवस्था रहेको बताएको छ ।

    शाखा अधिकृत पोखरेलले पर्वतारोहणसम्बन्धी नियामावलीको कानुनी व्यवस्थाका प्रावधान बमोजिम कार्य गर्न गराउन अनुरोध गर्नुभएको छ । पर्यटन विभागले कोही कसैबाट कानुनी व्यवस्था विपरीतकार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.