सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण


  •    न्युजभित्तो/१६ बैशाख २०८३, बुधबार १७:०० 
  • ढोरपाटन (बागलुङ), १६ वैशाख । यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

    सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८।४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका–६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका स्थानीयलाई ढोरपाटन आउजाउ गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगरले बताउनुभयो ।

    ढोरपाटन नगरपालिका–६ का पानबहादुर विकले पुल बनेपछि गाउँमा विकास आएको अनुभूति भएको सुनाउनुभयो । “यहाँ पुल नहुँदा खोला तर्दा म आफैँलाई कति पटक बगायो, धन्न पौडिन सक्ने हुँदा बाँचे, आइमाइ केटाकेटीहरु पनि बस्छन् तर उनीहरुलाई दुईरतीन घण्टाको घुमाउरो बाटो हिँडेर खोला तर्नु पर्ने अवस्था थियो”, विकले भन्नुभयो, “अब त पुल बन्यो, बेँसी झर्न र बस्तुभाउलाई वारपार गराउन धेरै सजिलो हुने भयो ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.