सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने


  •    न्युजभित्तो/१६ बैशाख २०८३, बुधबार १६:४५ 
  • काठमाडौँ, १६ वैशाख । चक्रपथ विस्तार (दोस्रो चरण)कार्यान्वयन गर्न चीन सरकारले रु ११ अर्ब अनुदान प्रदान गर्ने भएको छ । 

    भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा आज हस्ताक्षर गर्नुभएको हो ।

    सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको हो ।

    त्यसअवसरमा  मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.