सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता


  •    न्युजभित्तो/१६ बैशाख २०८३, बुधबार १२:२५ 
  • बाजुरा, १६ वैशाख । हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउनेक्रममा मङ्गलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ भेडाबाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले राससलाई जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार सोही गाउँपालिका–२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु, नौवटा बेपत्ता, अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका, १४ बेपत्ता भएको प्रहरी प्रवक्ता शाहीले बताउनुभयो । भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका स्थानीय किसानका पाँचवटाको मृत्यु, १० वटा बेपत्ता र ऐनबहादुर विष्टका तीनवटाको मृत्यु, पाँचवटा बाख्रा बेपत्ता भएको छ ।

    त्यसैगरी, त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लागेर तीनवटा भेडाबाख्रा मरेका छन् । मङ्गलबार बेलुकी आएको हुरीबताससहित असिनापानी र चट्याङका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

    यस्तै मङ्गलबार आएको हुरीका कारण खप्तड छेडेदह गाउँपालिका–१ काँडाको काँट्यामा स्थानीय वीरे रावलले सञ्चालन गरेको पसल उडाएर क्षति भएको छ । स्थानीय व्यापारी रावलको काठ र जस्तापाताले बनाएको भुइँतले पसल हुरीले उडाएर लत्ताकपडासहित सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    हुरीबताससहित वर्षाले क्षति पुर्याएको प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट प्रहरी टोली खटिइ क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिनुभयो । यसैगरी हुरीबताससहित असिनापानीका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.