सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि


  •    न्युजभित्तो/१६ बैशाख २०८३, बुधबार ११:१२ 
  • दोधारा चाँदनी (कञ्चनपुर), १६ वैशाख । गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २.१ प्रतिशतले वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा गहुँको उत्पादकत्वमा वृद्धि भएको बताउनुभयो । “उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो”, साउदले भन्नुभयो।, “यस वर्ष गहुँको उत्पादकत्व वृद्धि भएर ३।४ प्रतिहेक्टर पुगेको छ ।”

    उहाँका अनुसार यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा एक लाख छ हजार ११४ मेट्रिक टन गहुँ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा अनुदानमा सिचाँइ सुविधा उपलब्ध गराउँदै आएको छ । “उन्नत बीउ, प्रविधिमा पहुँच र सिँचाइ क्षेत्र विस्तार भएका कारण गहुँको उत्पादकत्वमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ प्रदान गर्दै आएका छाँै ।” त्यसैगरी गहुँखेतीको समयमा किसानले समयमै रासायनिक मल उपलब्धताले पनि उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।

    पछिल्ला वर्षहरूमा गहुँखेती हुने क्षेत्रफल विस्तार नभए पनि उत्पादकत्वमा वृद्धि हँुदै आएको छ । कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ । हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.