सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार


  •    न्युजभित्तो/१५ बैशाख २०८३, मंगलवार १६:४५ 
  • नेपालगन्ज (बाँके), १५ वैशाख । बाँकेमा आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । जैविक मार्ग आसपासमा बढेको बस्ती र गर्मी मौसममा पानीको खोजीमा भौतारिँदै हिँडेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले विगतका वर्षभन्दा चालु आवमा विभिन्न वन्यजन्तुको उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको उल्लेख गर्दै चित्तल, निलगाईजस्ता वन्यजन्तु जैविक मार्ग क्षेत्र आसपास पानी खोज्दै हिँडेकाले र पुरानो बस्ती भएको क्षेत्र पुरानो जङ्गल क्षेत्रमा सर्प भएकाले पनि उद्धार गरिएको बताउनुभयो । “पछिल्लो समय सर्प मार्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ, यो असाध्यै सकारात्मक विषय हो”, उहाँले भन्नुभयो ।

    आव २०८१/८२ मा वन कार्यालयले विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । त्यसैगरी आव २०८०/८१ मा ९९, आव २०७९/८० मा ४२, आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६र७७ मा १७ वटा वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिएको छ ।

    चालु आवको हालसम्म घाइते, टुहुरा, बाटो बिराई गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका १५६ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो ।

    जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानबाट चित्तल, धामन, हुचिल, करेत, गोमन, सुनगोहोरो, गोही, पानीसर्प, राजगोमन, अजिङ्गर, बँदेल, नीलगाई, रसेल भाइपर तथा कालो बिरालोलगायत वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सबैभन्दा बढी सर्प प्रजातिको उद्धार गरिएको छ । विभिन्न प्रजातिका १३४ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ६८ वटा गोमन, २६ धामन, १९ करेत, अजिङ्गर नौवटा, सातवटा रसेल भाइपर, चारवटा पानीसर्प र एउटा राजगोमन रहेका छन् । त्यसैगरी गोही आठ, सुनगोहोरो चार, चित्तल चार, नीलगाई तीन र हुचिल, बँदेल तथा कालोबिरालो एक–एकवटा उद्धार गरिएको छ ।

    उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्र्थापना गरिएको उहाँले बताउनुभयो । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.