सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई


  •    न्युजभित्तो/१५ बैशाख २०८३, मंगलवार १४:५५ 
  • गण्डकी, १५ वैशाख । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं दयाशङ्कर पालिखेको परिवारद्वारा स्थापित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे पत्रकारिता सम्मानबाट राससका वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई सम्मान गरिने भएको छ ।

    प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्ने गरेको सिफारिसलाई सोमबार नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेको हो । 

    सम्मानित पत्रकारद्वयलाई जनही एक लाख एक हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिने छ । उहाँहरूलाई यही वैशाख २२ गते दयाशङ्कर पालिखेको स्मृति दिवसका अवसरमा सम्मान गरिने पत्रकार महासङ्घ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिनुभयो । 

    प्रतिभा छनोट समितिमा पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य रहेका थिए ।

    तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मनुभएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत उहाँले यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गर्नुभएको थियो । 

    त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मनुभएका बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उहाँले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गर्नुभएको थियो । उहाँहरूलाई पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रमा पु-याएको योगदानस्वरुप सम्मान गर्न लागिएको अध्यक्ष बरालले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.