सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल


  •    न्युजभित्तो/१५ बैशाख २०८३, मंगलवार १२:०२ 
  • महेन्द्रनगर, १५ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ ।

    गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरुमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ । “प्रायः तालहरु गर्मीका कारण सुकिरहेको भएपनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ”, निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले भन्नुभयो, “निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरुमा पानीको सतह निकै कम हुँदै गएको छ ।”

    उहाँले बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरु सुक्न थालेको बताउनुभयो । “ताल छेउछाउमा जडान गरेका सोलार जङ्गली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ”, सूचना अधिकारी वाग्लेले भन्नुभयो, “वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरुमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौँ ।”

    विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरु संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा छ । 

    “निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ताल पुरिँदै गएपनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “कृत्रिम र प्राकृतिक गरी १२० वटा तालतलैया छन् ।”

    विश्वमै दुर्लभ दुई हजार ४०० भन्दा बढी बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । बाघ गणना यस वर्ष सकिएको छभने अहिले निकुञ्जभित्र बाह्रसिङ्गा गणना चलिरहेको निकुञ्ज कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.