सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपल्लो मुस्ताङमा नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ प्रशिक्षण


  •    न्युजभित्तो/१५ बैशाख २०८३, मंगलवार ११:४२ 
  • मुस्ताङ, १५ वैशाख । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्षण दिइएको छ ।

    ‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रमअन्तर्गत लोघेकर दामोदरकुण्ड–१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिइएको हो । गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमको समन्वय लोघेकर दामोदरकुण्ड गाउँपालिकाले गरेको थियो ।

    स्थानीय लोपोन्मुख अवस्थामा रहेको स्थानीय सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजालाई संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर पुस्ता ज्ञान सीप र अनुभव हस्तान्तरण कार्यक्रम आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा चराङ मानेपेमे आमा समूहका ज्येष्ठ नागरिकले चराङ गुम्बा विद्यालय र आनी गुम्बा विद्यालयका विद्यार्थीलाई परम्परागत नाच स्याब्रो नाच्ने कलाको प्रशिक्षण गराइएको छ । त्यसैगरी परम्परागत टुङ्ना बाजाको प्रशिक्षण स्थानीय ज्येष्ठ नागरिक टैआङ्गे गुरुङले गर्नुभएको थियो ।

    सदियाँै वर्षदेखि सांस्कृतिक धरोहरका रूपमा रहेको स्याब्रो नाच र परम्परागत बाजा टुङ्ना उपल्लो मुस्ताङको मौलिक संस्कृति रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो । माथिल्लो मुस्ताङको महत्त्वपूर्ण चाडपर्वमा यसप्रकारको स्याब्रो नाच देखाइने गरिएको उहाँको भनाइ छ ।

    “स्याब्रो र टुङ्ना बाजा चाडपर्वमा देखाइने गरिन्छ, यसप्रकारको परम्पराले यहाँको मौलिक कला, संस्कृतिलाई जीवन्त राखेको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “पछिल्लो समय नयाँ पुस्ता विदेश पलायन हुने र गाउँघरमा भएका युवाले पनि आधुनिकतालाई पछ्याउँदै संस्कृति जोगाउन मुस्किल परेको छ ।”

    उपल्लो मुस्ताङमा बर्सेनि मनाइने यार्तुङ पर्व, तिजी पर्व र धज्याङ पर्वलगायत सांस्कृतिक चाडपर्वमा स्याब्रो नाच र टुङ्ना बाजा बजाउने प्रचलन छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.