सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क


  •    न्युजभित्तो/१४ बैशाख २०८३, सोमबार ११:४६ 
  • तेह्रथुम, १४ वैशाख । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।

    गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गर्नुभयो । उहाँसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यको मूल्यवोध गरेको विराटनगरदेखि आउनुभएकी कवि एवं आख्यानकार सीमा आभाषले बताउनुभयो ।

    गुराँस साहित्य गोष्ठीमा सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतसम्मका ख्यातिप्राप्त कविहरूले प्रकृति, संस्कृति, सामयिकता, प्रेम र मानवीय संवेदना समेटिएका कविता वाचन गरेर कविताका पारखीहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कविता गोष्ठीको मुख्य आकर्षणका रूपमा रहनुभएका चलचित्र निर्देशक, आख्यानकार एवं कवि उपेन्द्र सुब्बाले समाजलाई गति दिन र समृद्ध बनाउन यस्ता वैचारिक जमघट र विमर्शहरू हुन आवश्यक रहेको बताउनुभयो ।

    भनिन्छ, साहित्य हृदयको भाषा हो । कविता अभिव्यक्तिको एक विशिष्ट रूप हो । कला–साहित्यले समाजका सुन्दर र कुरुप दुवै पक्षलाई कलात्मक प्रस्तुतिकासाथ उजागर गर्दछ । जसले समाजलाई चेतना प्रदान गर्दछ । यही सत्यलाई आत्मसात् गरेर जलवायु परिवर्तन र त्यसको असर न्यूनीकरणका लागि साहित्यका माध्यमबाट सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताउनुभयो ।

    प्रकृतिको सुन्दर काखमा प्रकृतिप्रति प्रेम दर्शाउन र प्रकृति संरक्षणको सन्देश फैलाउन आयोजना गरिएको गुराँस साहित्य गोष्ठीमा स्थानीय पर्यटन प्रवर्द्धन र विकास, गुराँस संरक्षणको सवाल साथै जलवायु परिवर्तन र मुन्धुमी ज्ञानबीचको सम्बन्धबारे पनि विमर्श गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.