सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण


  •    न्युजभित्तो/१४ बैशाख २०८३, सोमबार ११:२८ 
  • राँझा (बाँके), १४ वैशाख । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन ।

    गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो ।

    उहाँका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् । 

    सङ्घीय सरकारले चैते धान प्रवद्र्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवद्र्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । 

    बर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व क्षमता बढी रहेको छ । बर्खेधान प्रतिहेक्टर ४।४ टन  उत्पादन हुँदा चैते धानको उत्पादकत्व क्षमता ४।६५ रहेको छ । चैते धान भित्र्याउने बेलामा पानी परेर स्याहार्न समस्या हुने भएकाले किसानको आकर्षण घट्दो रहेको खजुरा गाउँपालिका–१ राधापुरका किसान मगनसिंह थापाले बताउनुभयो । 

    उहाँले सिँचाइ, बीउ, प्राविधिक सहयोग र धान स्याहार्ने बेला पानीबाट बचाउन धान सुक्खा बनाउने ड्राइ मेसिन, त्रिपालजस्ता वस्तुमा अनुदान दिनसके चैते धानतर्फ किसान प्रोत्साहित हुन सक्ने उल्लेख गर्नुभयो । 

    सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि तीनवर्षे खेती गर्न किसानलाई सहज हुँदै आएको छ । आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई ‘बोरिङ’ वितरण गरेको पाठकले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.