सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेका १२ सामुदायिक वनमा डढेलो


  •    न्युजभित्तो/१३ बैशाख २०८३, आईतवार १६:१४ 
  • नेपालगञ्ज, १३ वैशाख । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ । 

    एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ । 

    डढेलो निभाउने प्रयास जारी रहेको जनाउँदै उहाँले भित्रभित्र वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको सुवेदीले उल्लेख गर्नुभयो । जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको भन्दै उहाँले सोही कारणले क्षति भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ । अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उहाँले जानकारी दिनुभयो । 

    डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत सुवेदीले बढ्दो खडेरीले भित्री क्षेत्रमा डढेलो झन बढेको उल्लेख गर्नुभयो । “केही दिनभित्र पानी परेन भने वन डढेलो झनै बढ्ने खतरा छ”, उहाँले भन्नुभयो । 

    जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिनुभयो । वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उहाँले केही गलत व्यक्ति र आचरणका कारण वनमा डढेलो लागेको बताउनुभयो ।

    यसैबीच सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धान भइरहेकाले निजहरूको नाम, थर गोप्य राखिएको छ । 

    त्यस्तै स्थानीयले नहरमा फसेका चार वटा चित्तलको आज उद्धार गरेका छन् । बढ्दो खडेरीका कारण नहरमा पानी खान पुगेका चित्तल पानी खाँदाखाँदै नहरमा फसेका थिए । हरलाफाँटा सामुदायिक वनका उपभोक्ताले ती चित्तलको उद्धार गरी कार्यालयमा बुझाएका डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.