सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु


  •    न्युजभित्तो/१३ बैशाख २०८३, आईतवार १४:५७ 
  • त्रिशूली (नुवाकोट), १३ वैशाख । ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ । 

    सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो । 

    ‘गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेंशी रसुवागढी सडक योजना कार्यालय’का प्रमुख कृष्णराज ओझाका अनुसार सडक पहुँचभित्रका संरचनाको नियमअनुसार क्षतिपूर्ति लिएर हटाउने सहमति भए पनि त्यसको पालना नगर्नेका संरचना भत्काउन थालिएको हो । ती संरचनामा ८६ वटा व्यक्तिगत घरटहरासहित एक दर्जन सरकारी कार्यालय तथा सङ्घसंस्थाका संरचना रहेका छन् ।

    विदुर नगरपालिकाको सहयोगमा शनिबारदेखि जिल्लाको मुख्य बजार क्षेत्रमा पर्ने ढुङ्गे, विदुर, बट्टारका अतिक्रमति संरचना भत्काउन थालिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । तीन दिनभित्र जिल्लाभित्रका संरचना भत्काइसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

    कार्यालय प्रमुख ओझाले भन्नुभयो, “सडक पहुँच क्षेत्रका संरचना खाली नहुँदा अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको सडकको का रोकिएको छ । केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यवसायीलाई काम थाल्न निर्देशन दिनेछौँ ।”

    धादिङको गल्छीबाट नुवाकोटको विदुर हुँदै चीनसँग जोडिएको रसुवागढी नाका पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकताप्राप्त गौरवको आयोजनाका रूपमा विस्तार गर्न थालिएको छ । नुवाकोटको बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन ढिलाइ हुँदा १० वर्षसम्म पनि योजनाको काम अधुरै छ । 

    विसं २०७२ मा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले चीन, नेपाल र भारत गरी त्रिदेशीय राजमार्गका रूपमा काम अगाडि बढाउने निर्णय गरेको थियो । यसलाई सबैभन्दा छोटो दूरीको अन्तरराष्ट्रिय राजमार्गका रूपमा निर्माण गर्ने सरकारको योजना छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.