सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको पर्खाइमा थोरङ फेदी


  •    न्युजभित्तो/१३ बैशाख २०८३, आईतवार १२:१० 
  • मुस्ताङ, १३ वैशाख । समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हँुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् । मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् ।

    गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग भनिन्छ । हप्तौँहप्ता लाग्ने यही पदमार्ग अहिले सडक सञ्जालका कारण छोट्टिदै जान थालेको छ । सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ । थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

    बर्सेनि ६ महिना निकै चहलपहल हुने थोरङलापास पदमार्ग ६ महिना अवधि भने सुनसान हुन्छ । वर्षको याम चल्ने थोरङलापास पदमार्गमा फ्रेब्रअरीदेखि अप्रिलसम्म र सेप्टेम्बरदेखि अक्टुबरसम्म विदेशी पर्यटकको पदयात्रा चलायमान हुने गर्छ । साहसिक पदयात्राका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको थोरङलपास पदमार्ग रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्राका रूपमा लिने गरिएको छ ।

    बर्सेनि हिउँदयामको पूर्वसन्ध्या तीन महिना र बर्खायामको पूर्वसन्ध्या तीन महिनामात्रै थोरङलापासमा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । यही पदयात्राको सिजनलाई पछ्याउँदै मनाङ–मुस्ताङ थोरङ फेदीमा पछिल्लो समय आठवटा पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । सिजनका बेला होटल चलाउने र अफसिजनको बेला होटल बन्द गरी त्यहाँका पर्यटन व्यवसायी आफ्नो गन्तव्यतर्फ लाग्छन् ।

    टङ्की मनाङबाट थोरङ फेदीमा तीन वर्षदेखि होटल चलाउँदै आउनुभएकी नामगाम गुरुङले थोरङफेदीको अल्पकालीन व्यापार सन्तोषजनक रूपमा चलेको बताउनुभयो । बर्खायाममा गाउँ फर्किने र हिउँदयाममा काठमाडौँ झर्ने गर्नुभएकी व्यवसायी गुरुङले सिजनको समय थोरङफेदीमा बसेर व्यापार गर्ने गरेको बताउनुभयो ।

    थोरङ फेदीमा होेटल चलाएर बसेका डोल्पाका अर्का पर्यटन व्यवसायी छेवाङ गुरुङले थोरङलापास पदयात्राको सिजनमा व्यापार गरी बस्ने र अन्य समयमा गाउँमै गएर खेतीपातीको काम गर्ने गरेको बताउनुभयो । समुद्री सतहको चार हजार २०० मिटरको उचाइमा अवस्थित थोरङफेदीको प्रतिकूल मौसमलाई सहँदै व्यापार व्यवसाय चलाएर बसेको गुरुङको भनाइ छ । “घर अर्काको हो, हामीले यहाँ भाडा तिरेर होटल चलाएका हौँ, सिजन चलेका बेला कहिले राम्रै व्यापार हुन्छ, कहिले हुँदै हुँदैन”, भन्नुभयो ।

    केही वर्षअघि मनाङ–मुस्ताङ पदमार्ग थोरङलापासको थोरङ फेदीसम्म सडकको पहुँच पुगेको थिएन । पछिल्लो समय वारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुर हुँदै थोरङ फेदीसम्म कच्ची सडक विस्तार भइसकेको छ । सडकको पहुँच पुगेकाले खाद्यान्न तथा होटल रेष्टुरेन्टलाई चाहिने मालसामान ढुवानी गर्न सहज भएको छ । दुई ठूला विशाल अग्ला पहाडको खोंचमा अवस्थित थोरङ फेदीमा पर्यटक पर्खिएर बसेका व्यवसायी अफसिजन हुँदा होटल बन्द गरी त्यहाँबाट अन्यत्र जाने चलन छ ।

    थोरङपासमा एउटा कफीसप सञ्चालनमा छ भने त्यहाँबाट चार घण्टा पैदल हिँडेपछि थोरङफेदीमा आठ दशवटा होटल छन् । थोरङफेदीमा सबै होटल बन्द हुने भए पनि एउटा होटल भने बाह्रै महिना सञ्चालनमा रहन्छ । मनाङ–मुस्ताङ थोरङपास गर्दै मुस्ताङ प्रवेश गर्नुभएका सोलुखुम्बकी १९ वर्षीया पर्यटक पथप्रर्दशक बिबिसा रावतले १० दिनको पदयात्रा गर्दै थोरङफेदी आइपुगेको बताउनुभयो । थोरङपास पदमार्ग जोखिम र साहसिक पदयात्रा भएको उहाँले बताउनुभयोे । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.