सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै


  •    न्युजभित्तो/१३ बैशाख २०८३, आईतवार ११:३८ 
  • काठमाडौँ, १३ वैशाख । आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।

    प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।

    विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घको विशिष्टिकृत निकायका रूपमा रहेको यो संस्थाले विश्वव्यापी बौद्धिक सम्पदा सेवा, नीतिनिर्माण, सूचना आदान–प्रदान तथा अन्तरराष्ट्रिय सहकार्यलाई समन्वय गर्दै आएको छ ।

    उक्त संस्थाले सरकार, व्यवसाय तथा स्रष्टाहरूलाई सीमापार रूपमा बौद्धिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्न सहयोग पु¥याउँदै विश्वभर नवप्रवर्तन र सिर्जनशीलता प्रवद्र्धनमा जोड दिँदै आएको छ ।

    सङ्गठनका अनुसार बौद्धिक सम्पदामा ‘कपीराइट, पेटेन्ट, ट्रेडमार्क’ र औद्योगिक ‘डिजाइन’लगायतका अधिकार समावेश छन्, जसले स्रष्टा, आविष्कारक तथा उद्यमीलाई आफ्नो सिर्जनाको संरक्षण र उपयोगको अधिकार प्रदान गरेको छ ।

    यो दिवसले विशेषगरी नवप्रवर्तन, प्रविधि र सिर्जनशील क्षेत्रमार्फत आर्थिक तथा सामाजिक विकासमा बौद्धिक सम्पदाको भूमिकालाई उजागर गरेको छ । यसबाट कला, सङ्गीत, साहित्य, प्रविधि तथा उद्योग क्षेत्रका स्रष्टा र नवप्रवर्तकहरूले बौद्धिक सम्पदामार्फत आफ्नो पहिचान स्थापित गर्नुका साथै आर्थिक लाभ लिन सक्ने अवस्था सृजना भएको छ ।

    विशेषज्ञहरूका अनुसार ‘डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । अनधिकृत प्रयोग, नक्कली उत्पादन र डिजिटल चोरीजस्ता समस्यालाई नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था र जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

    हाम्रो देशमा पनि बौद्धिक सम्पदासम्बन्धी कानुनी तथा नीतिगत सुधारको आवश्यकता औँल्याउँदै सरोकारभएकाहरूले स्रष्टा तथा नवप्रवर्तकलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.