सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १६:१७ 
  • काठमाडौँ, ११ वैशाख । सरकारले सुरु गर्न लागेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ । 

    सुकुम्वासीरभूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुम्वासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ । वास्तविक सुकुम्वासीरभूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान सुरु हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

    सोसम्बन्धी समस्या समाधान नहुँदा वास्तविक सुकुम्वासीरभूमिहीन राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको जनाउँदै प्रहरीले आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुम्वासीरभूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गरेको छ । 

    “वास्तविक सुकुम्वासीरभूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमा सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौँ”, प्रहरी प्रधान कार्यालयद्वारा आज जारी अपिलमा उल्लेख छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.