सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १४:५४ 
  • काठमाडौँ, ११ वैशाख । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गत चैत २७ र २८ गते रूपन्देही महाधिवेशनबाट चयन गरिएको अवैधानिक कार्यसमिति तत्काल विघटन गरी सर्वपक्षीय तदर्थ समिति गठन गर्न माग गरिएको छ ।

    महाधिवेशन प्रतिनिधिहरूले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त नयाँ कार्यसमिति तत्काल विघटन गर्न माग गरेका हुन् ।

    ध्यानाकर्षणपत्रमा आर्थिक तथा प्रशासनिक अनियमिततामाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने, जालसाजीपूर्ण निर्वाचन प्रक्रिया बदर गरी दोषी देविदत्त आचार्यलगायतमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही गर्नुपर्ने, कार्यक्रमस्थलको सिसीटीभी फुटेज सुरक्षित राखी अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

    ध्यानाकर्षणपत्रमा घटनामा संलग्न देविदत्त आचार्य, जोगबहादुर खत्री तथा सम्बन्धित प्रहरी अधिकारीहरूमाथि विशेषगरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ५३ र ५५ बमोजिम कारबाही गर्नुपर्ने, विगतका आर्थिक तथा प्रशासनिक अनियमिततामाथि समेत उच्चस्तरीय छानबिन गर्नुपर्ने रहेको छ ।

    महाधिवेशनमा प्रहरी, बाउन्सर, स्वयंसेवक तथा पर्यवेक्षकको नाममा राखिएका व्यक्तिबाट अपाङ्गता भएका व्यक्तिहरूलाई कुटपिट अमानवीय व्यवहार तथा मानवअधिकारको समेत उल्लङ्घन गरेको हुँदा उक्त घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले असंवैधानिक रूपमा चयन गरिएको नयाँ कार्यसमितिलाई तत्काल कामकारबाही रोकी अपाङ्गता भएका व्यक्तिहरूलाई कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.