सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १२:५९ 
  • काठमाडौँ, ११ वैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो ।

    यसैगरी, काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ ।

    मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।

    उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धानमा गवाँरोे र मकैमा फौजीकिरा
    अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
    • सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
    • सार्क विकास प्रतिवेदनमा साझा सहमति
    • पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
    • चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.