सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १२:४९ 
  • बागमती, ११ वैशाख । मकवानपुरका स्थानीय तहहरुले पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ गरेका छन् ।

    प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेको हो । सोही नीतिअनुरुप आन्तरिक राजस्व कार्यालय मकवानपुरको समन्वयमा जिल्लाको मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले करदाता सेवा सुरु गरेका हुन् ।

    बागमती गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले सेवाग्राहीलाई व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गर्नुभयो ।

    कार्यालय प्रमुख सुवेदीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी तथा आयकरसम्बन्धी काम हुनेछ । साथै अन्तःशुल्कसम्बन्धी इजाजत तथा नवीकरणका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पनि पालिकाबाटै हुनेछ ।

    आगामी महिनााभित्र मकवानपुरका चारवटा पालिकामा करदाता सेवा सञ्चालनको तयारी भएको छ । बकैया गाउँपालिका र थाहा नगरपालिका सेवा सञ्चालनको सूचीमा छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.