सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग


  •    न्युजभित्तो/१० बैशाख २०८३, बिहीबार १२:११ 
  • काठमाडौँ, १० वैशाख । काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित प्राथमिक उपचार तालिम प्रभावकारी बनेको छ ।

    यसका लागि महानगरपालिका र सोसाइटीबीचमा सम्झौता समेत भएको छ । हालसम्म ६ वडाका १५१ जनालाई प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।लाभान्वित हुनेमा ११४ महिला र ३७ पुरुष रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले प्राथमिक उपचार प्रदान गरेमा विपद्को बेलामा हुनसक्ने घटनामा उद्दार र प्राथमिक उपचार प्रदान गर्न सहज हुने बताउनुभयो । टोलमा युवाहरुको सङ्ख्या घट्दै गएको बेलामा महिलाले यस्ता तालिम लिँदा वृद्धवृद्धालाई सहयोग पुग्ने उहाँको भनाइ छ ।

    काठमाडौँ महानगरपालिका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिम आपत्काल व्यवस्थापनका लागि उपयोगी हुने जानकारीदिनुभयो । उक्त तालिमलाई महानगरभित्रका ३२ वडामै प्रदान गरिने महानगरले जनाएको छ ।

    यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपत्कालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था बिग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सीप सिकाइन्छ ।

    दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पु¥याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    उक्त तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि ९सिपीआर०, रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.