सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने


  •    न्युजभित्तो/६ बैशाख २०८३, आईतवार १४:३२ 
  • मान्म (कालीकोट), ६ वैशाख । जिल्लाको रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ ।

    गत माघ ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ स्थापना भएको कार्यालयबाट पहिलोपटक सेवा सुरु हुन लागेको हो । उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन तथा कार्ड वितरणलगायत काम हुनेछन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवाहरूलाई छिटो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अब रास्कोटबाट प्रदान गरिने बताउनुभयो । इलाका प्रशासन कार्यालयबाट रास्कोट नगरपालिका र पलाँता, पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक लाभान्वित हुने उहाँले बताउनुभयो ।

    “यस व्यवस्थाले सेवाग्राहीलाई लामो यात्रा गरी जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम भई सहज रूपमा सेवा प्राप्त हुनेछ । त्यस क्षेत्रका करिब ५० हजार नागरिक लाभान्वित हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।

    रास्कोट नगरप्रमुख धर्मराज शाहीले लामो समयदेखि यस क्षेत्रको नागरिकले राख्दै आएको माग सम्बोधन भएकामा खुसी व्यक्त गर्नुभयो । “यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ । त्यो माग पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब यस क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले समय, खर्च र त्यससँग जोडिएका अन्य समस्या पनि समाधान हुनेछन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.