सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विषादीरहित तरकारी उत्पादनमा किसान


  •    न्युजभित्तो/६ बैशाख २०८३, आईतवार १२:२९ 
  • टीकापुर (कैलाली), ६ वैशाख । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् ।

    विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् ।

    टीकापुर— १ को वनगाउँ र शङ्करपुर, वडा नं २ को राजीपुर र सीतापुर, वडा नं ३ को घीया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् ।

    टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताउनुभयो । “माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ”, उहाँले भन्नुभयो, “हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।”

    किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारीखेती गरिरहेका छन् ।

    यतिबेला यहाँका बारीमा काक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायतको तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् । बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिनुभयो ।

    टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ । यसरी अर्गानिक खेती गरे पनि बजार मूल्य अन्य तरकारी सरह हुँदा आफूहरू मर्कामा परेको किसानको गुनासो छ । किसान रुविना चौधरीले विषादीरहित र अर्गानिक तरकारीको मूल्य फरक हुनुपर्ने बताउनुभयो ।

    “हामीले मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्ने गरी उत्पादन गरिरहेका छौँ, तर बजार मूल्य भने अन्य तरकारीजस्तै छ”, उहाँ भन्नुहुन्छ, “यसले हामी मारमा परिरहेका छौँ । अब सबैले हाम्रो मेहनत बुझ्नुपर्छ, विषादी नहालेको तरकारी उत्पादक किसानलाई प्रोत्साहन गर्न उपभोक्ता र सरकार पनि गम्भीर बन्नुपर्छ ।”

    किसानको जीविकोपार्जनमा सुधार र उपभोक्ताका स्वास्थ्य लाभका लागि प्राकृतिक तरकारीखेतीमा लाग्न सेवक नेपाल नामक संस्थाले सहयोग गरिरहेको छ । यसमा टीकापुर नगरपालिकाको पनि सहकार्य छ ।

    सेवक नेपालका परियोजना अधिकृत प्रेम चौधरीले संस्थाले समूहमा आबद्ध एक सय ४० जना किसानलाई प्राकृतिक खेतीका लागि बीउबिजन, प्रविधि र अन्य प्राविधिक सहयोग गरिरहेको बताउनुभयो ।

    किसानलाई विषादी र रासायनिक मल प्रयोग गर्न नदिन सचेत गराउनुका साथै विकल्पका रूपमा स्थानीयस्तरमै पाइने सामग्री प्रयोग गरी झोल मल बनाउन सिकाइएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.